सिभिल बैंकद्धारा महेन्द्रनगरमा ११५औं शाखा विस्तार

५ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरेका  हुन् ।

उक्त शाखा सञ्चालनमा आए सँगै महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नका साथै वित्तीय स्तर बढाउन  टेवामा पुर्याउने विश्वास लिएको बैंकले जनाएको छ । 

बैंकले हालसम्म ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै करीव रु. ९२ अर्व निक्षेप परिचालन गरी रु. ८५ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया