काठमाडौं, प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३.२५ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले २९ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको जीवन बिमा कोषको आकार पनि २८.०४ प्रतिशतले बढेर १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसको जीवन बिमा कोषमा ११ अर्ब ४७ करोड रुपैयाँ थियो । यसको खुद बिमा शुल्क २२.११ प्रतिशतले बढेर ३ अर्ब ०८ करोड रुपैयाँ पुगेको छ । प्राइमको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ भने १३५.०७ पैसा छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ र जगेडा कोषमा ६९ करोड २६ लाख रुपैयाँ छ ।
प्रतिक्रिया