काठमाडौं, बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा हिजो (मंगलबार)देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
फाइनान्सले प्रकाशन गरेको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम ५ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशतसम्म व्याज दिइनेछ । बचत खातामध्ये घर बचत खातामा ५ प्रतिशत, बाल बचत खातामा ५ प्रतिशत, सुपर बचत खातामा ५.५० र सबैभन्दा बढी बेष्ट बचत खातामा ६.२५ प्रतिशत ब्याजदर रहेको छ ।
त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म व्याजदर रहेको छ ।
फाइनान्सको आधार दर १०.९५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया