काठमाडौं, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्ष कम्पनीले खुद नाफा ११०.५९ प्रतिशतले वृद्धि गरी १६ करोड १४ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा भने ७ करोड ६६ लाख ६५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।
सीइडीबीले सेवा शुल्क र अन्य आम्दानी उल्लेख्य रुपमा बढपछि खुद नाफामा आकर्षक सुधार भएको हो । सेवा शुल्कमार्फत आम्दानी ९८.१४ प्रतिशतले वृद्धि गरी १८ करोड ९ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, गत वर्ष १ लाख २० हजार रुपैयाँ मात्र रहेको अन्य आम्दानी अहिले २ करोड ५३ लाख ५ हजार रुपैयाँ पुगेको छ ।
यता, आइपीओ बिक्रीपछि सीइडीबीको शेयर पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ । रिजर्भमा २६ करोड ६४ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीले मुद्दति निक्षेपमा २० करोड रुपैयाँ लगानी गरेको छ । यसको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ७४ पैसा रहेको छ ।
प्रतिक्रिया