काठमाडौं, महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज ,भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्ज रक्याबिन, इन्भेस्टिगेशन (Lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing) मा १५ प्रतिशत को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक श्री हिमालय बिक्रम मल्ल ठकुरीज्यूले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख श्री विकास रावलज्यूले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया