काठमाडौं, वाणिज्य बैंकहरुको औषत लाभांश क्षमता ३२.७७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको औषत लाभांश क्षमता ३२.७७ प्रतिशत रहेको देखिएको हो ।
गत आर्थिक वर्षमा बैंकहरुको वितरणयोग्य नाफा ४९ प्रतिशतले बढेको छ। बैंकहरुको नाफा २०.०२ प्रतिशतको बढोत्तरी देखिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको लाभांश क्षमता सबैभन्दा धेरै ९२.३१ प्रतिशत रहेको छ। बैंकले रिटेन अर्निङबाट ४८ प्रतिशत र वितरणयोग्य नाफाबाट ४४ प्रतिशत लाभांश क्षमता राख्छ।
यस्तै नेपाल बैंकको लाभांश क्षमता सबैभन्दा धेरै ७०.९९ प्रतिशत रहेको छ। बैंकले शेयर प्रिमियमबाट ३.४२ प्रतिशत,रिटेर्न अर्निङबाट २९.९० प्रतिशत र वितरणयोग्य नाफाबाट २७.६७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ।
यसैगरी, नविल बैंकले शेयर प्रिमियमबाट १.१५ प्रतिशत,रिटेर्न अर्निङ्गबाट ३१.०८ प्रतिशत र वितरणयोग्य मुनाफाबाट २९.९५ प्रतिशत गरी कुल ६२.१७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ।
देशभर रहेका २७ वाणिज्य बैंकहरुमध्ये १० बेंकले औषतभन्दा धेरै लाभांश वितरण गर्न सक्ने क्षमता राख्छन् भने बाँकी १७ बैंकले औषतभन्दा कम लाभंश वितरण गर्न सक्ने क्षमता राख्छन्।
यसैगरी, क्रमश ः एभरेष्ट बैंकको लाभांश क्षमता ५५.६१ प्रतिशत , कृषि विकास बैंकको ४८.६१ प्रतिशत,हिमालयन बैंकको ४६.६१ प्रतिशत, नेपाल बङ्गालदेश बैंकको ३५.२४ प्रतिशत, सानिमा बैंकको ३४.९१ प्रतिशत, प्राइम कमर्सिल बैंकको ३३.८३ प्रतिशत, एनआईसी एसियाको ३३.५२ प्रतिशत, एनएमबी बैंकको २७.०७ प्रतिशत,प्रभु बैंकको २७.२८ प्रतिशत, माछापुच्छ्रे बैंकको २६.५९ प्रतिशत,स्टान्डर्ड चार्टर्ड बैंकको २६.१३ प्रतिशत,ग्लोबल आईएमई बैंकको २५.९५ प्रतिशत, सिटिजन बैंकको २५.९२ प्रतिशत,लक्ष्मी बैंकको २५.४९ प्रतिशत, बैंक एफ काठमाण्डूको २४.१२ प्रतिशत, सनराइज बैंकको २३.७४ प्रतिशत,नेपाल इन्भेष्टमेन्ट बैंकको २३.०९ प्रतिशत,मेघा बैंकको २२.७८ प्रतिशत,सिद्धार्थ बैंकको २२.६९ प्रतिशत, कुमारी बैंकको १६.७५ प्रतिशत, एनसिसि बैंकको १४.२३ प्रतिशत र सेन्चुरी बैंकको १३.१८ प्रतिशत रहेको छ ।
साथै , सिभिल बैंकको लाभांश क्ष्मता सबैभन्दा कम छ। उसले रिटेर्न अर्निङबाट ६.२२ प्रतिशत र वितरणयोग्य नाफाबाट ५.७७ प्रतिशत गरी कुल ११.९८ प्रतिशत लाभांश वितरण क्षमता राख्छ।
त्यसैगरी नेपाल एसविआई बैंकको पनि रिटेर्न अर्निङबाट ९.५५ प्रतिशत र वितरणयोग्य नाफाबाट ३.५७ प्रतिशत गरी कुल १३.१२ प्रतिशत लाभांश क्षमता राख्छ।
प्रतिक्रिया