काठमाडौं - नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल भदौ २९ गते परिपक्क हुनेछ ।
यस्तै, बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो । यो ट्रेजरी कार्तिक ३० गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया