काठमाडौं - कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको तेश्रो वार्षिक साधारण सभा भदौ १८ गते कुमारी बैंक लिमिटेड, काठमाडौंमा दिउँसो १२:३० बजेबाट सुरू हुने भएको हो ।
सभामा हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । साथै, सभामा सञ्चालक समितिबाट सिफारिस गरे बमोजिम कम्पनीको चुक्ता पुँजीको एक बराबर एक (१:१) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
त्यस्तै, सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू रहेका छन् ।
प्रतिक्रिया