मौद्रिक नीतिप्रति लगानीकर्ता असन्तुष्ट, १२ करोड मात्रै मार्जिन कर्जा लिने व्यवस्था खारेज गर्न माग

५ बर्ष अगाडि

काठमाडौं,  मौद्रिक नीतिमा भएका कतिपय व्यवस्थाहरुप्रति लगानीकर्ताहरु असन्तुष्ट देखिएका छन्। उनीहरुले मौद्रिक नीतिमा भएका कतिपय व्यवस्थाहरुलाई खारेज गर्न माग गरेका छन्।

केन्द्रिय बैंकले साना लगानीकर्ताको पहुँच अभिबृद्धि गर्ने बाहानामा पूँजी बजारलाई ध्वस्त बनाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन्। केन्द्रिय बैंकले एक ब्याक्तिले १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन पाउर्ने व्यवस्थालाई खारेज गर्दै पुरानै व्यवस्थालाई निरन्तरता दिन लगानीकर्ता संगठनहरुले आग्रह गरेका छन्।

लगानीकर्ताका दुई संगठन नेपाल इन्भेष्टर फोरम र शेयर लगानीकर्ता संघ नेपाले उक्त व्यवस्था खारेज गर्न माग गरेका हुन्। उनीहरुले अर्थमन्त्री शर्मालाई भेटेर उक्त माग गरेका हुन्।
 

५ बर्ष अगाडि

प्रतिक्रिया