ज्योति लाइफको बीमाशुल्क संकलन ६५ प्रतिशतले वृद्धि, खुद नाफा १३ करोड बढी

५ बर्ष अगाडि

काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब १० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीको खुद बीमाशुल्क ६५.६७ प्रतिशतले बढेको हो ।

गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफामा ८०.५१ प्रतिशतको वृद्धि आएको छ । कम्पनीले यस अवधिसम्ममा १३ करोड १४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । गत आवको सोही अवधिमा ७ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको यो नाफा बीमाङ्कीय मूल्याङकन अघिको नाफा हो ।

चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा छ । कम्पनीको जगेडा कोषमा ५७ करोड ५८ लाख संचित छ ।

कम्पनीको जीवन बीमा कोषको आकार ११४.१९ प्रतिशतले बढेर तीन अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिशेयर नेर्टवर्थ १२९ रुपैयाँ ३१ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया