काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
कम्पनीको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको २०६४/६५ सम्मको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।
सेयरधनीहरुले एक महिनाभित्र कम्पनीको केन्द्रिय कार्यलय स्थित सेयर विभागमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । कम्पनीको २०६४/६५ सम्मको १ लाख ३७ हजार ८५ रुपैयाँ लाभांश वितरण हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
नगद लाभांश पारित भएको ५ बर्ष बितिसकेपश्चात सम्म् पनि सम्बन्धित सेयरधनीहरुले वा निजको हकवालाले लाभांश रकम संकलन नगरेको र कतिपयले लाभांश पुर्जाहरु लिएर पनि लाभांश रकम सटही नगरेको पाइएकोले उक्त रकम भुक्तानी लिन कम्पनीले अनुरोध गरेको हो ।
साथै यो सुचना प्रकाशित गरेको मितिले ३० दिन भित्र कार्यलयमा आई लाभांश रकम लिन कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया