हकप्रद जारी गर्ने प्रस्ताव पारितका लागि नेपाल फाइनान्सले बोलायो साधारण सभा, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले २८ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा भदौ २६ गते हुने भएको छ । 

सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा वेबिनारमार्फत बिहान ११ बजेबाट सुरु हुनेछ । उक्त सभाले हकप्रद जारी गर्ने  विशेष प्रस्ताव पारित गर्नेछ । यसअघि कम्पनीलेको २० औँदेखि २७ औँ वार्षिक साधारणसभाले १:१.७५ अनुपातले हकप्रद जारी गरी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । 

सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने र प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गरेको थियो । उक्त वार्षिक साधारणसभापछि कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेको थियो । त्यसपछि कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० रुपैयाँ पुगेको छ । 

सभाले कम्पनीको हाल कायम चुक्तापुँजी बढाएर ८३ करोड ८९ लाख ४३ हजार ८८० रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै १:०.७० अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले  साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, भदौ १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया