माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ६३ करोड ६ लाख, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले उक्त अवधिसम्ममा अधिकांश सूचकमा सुधार गरेको छ ।

गत असार मसान्तसम्ममा बैंकले १ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.०२ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी १९.४९ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २८.८४ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ५८ करोड ७९ लाख रुपैयाँबाट घटेर ४९ करोड ७२ लाख रुपैयाँमा झरेसँगै खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।

त्यसैगरी, बैंकको निक्षेप २६.४४ प्रतिशत र कर्जा २२.७४ प्रतिशत बढेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६ पैसा बढेर १८ रुपैयाँ १ पैसा पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया