काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६८ प्रतिशत बढी हो ।
इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९.४६ प्रतिशत बढेर १ अर्ब २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ६६.३२ प्रतिशत बढेको छ भने जगेडा तथा कोष २०.३५ प्रतिशत घटेको छ । त्यसैगरी, इन्स्योरेन्सको बीमा कोष २२.५० प्रतिशत बढेको छ भने महाविपत्ती कोष स्थिर रहेको छ ।
चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्न पुगेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ५ पैसामा झरेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ १५ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १९ हजार १८१ दाबीबापत १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने १२ हजार ९६५ दाबी बापत २ अर्ब १ करोड २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया