काठमाडौं - यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८ कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको छ ।
सूचिकृत हुने कम्पनीहरूमा नबिल बैंक लिमिटेड, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, बैंक अफ काठमाण्डू, एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ रहेका छन् ।
जसमा दुई कम्पनीको सेयर, एक कम्पनीको बोनस सेयर, तीन कम्पनीको ऋणपत्र र दुई कम्पनीको इकाई मूल्य सूचिकृत भएको नेप्सेले जनाएको छ ।
१. नबिल बैंक लिमिटेड
यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंक लिमिटेडको सेयर सूचीकृत भएको छ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट ३६ लाख ४२ हजार ९ सय २१.२६ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यो सँगै अब युनाइटेड फाइनान्सका शेयरधनीहरूको सेयर नबिल बैंकको नामबाट खातामा देखिनेछ । नबिल बैंक र युनाइटेड फाइनान्सले असार २७ गते, आइतबारबाट एकीकृत कारोबार सुरू गरेका थिए । नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो ।
२. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि नेशनल माइक्रोफाइनान्सको नामबाट ९ लाख ९५ हजार ५ सय ८८ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
यो सँगै अब महिला सहयात्राका शेयरधनीहरूको सेयर नेशनल माइक्रोफाइनान्सको नामबाट खातामा देखिनेछ ।
३. सबैको लघुवित्त वित्तीय संस्था
सबैको लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ लाख ९५ हजार ७७२.५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १०.५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
४. कृषि विकास बैंक
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कृषि विकास बैंक लिमिटेडको ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
५. नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । स्टकका अनुसार ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
६. बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १६ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले २०७७ मंसिर २४ गतेदेखि २८ गतेसम्म निष्कासन १६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा २०८६ सम्मका लागि ऋणपत्र निष्कासन गरेको हो ।
७. एनआईबिएल प्रगति फण्ड
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनआईबिएल प्रगति फण्डको इकाई मूल्य समायोजन भएको छ । समायोजन पछि एनआईबिएल प्रगति फण्डको इकाई मूल्य १४ रुपैयाँ ५ पैसा कायम भएको नेप्सेले जनाएको छ ।
८. एनआईबिएल समृद्धि फण्ड १
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनआईबिएल समृद्धि फण्ड १ को इकाई मूल्य समायोजन भएको हो । समायोजन पछि एनआईबिएल समृद्धि फण्ड १ को इकाईमूल्य १३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया