काठमाडौं, राष्ट्रिय वाणिज्य बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।
बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।
बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरु, बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया