आँधिखोला लघुवित्तद्धारा वित्तीय विवरण सार्वजनिक, प्रगति कति ?

५ बर्ष अगाडि

काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाले सन्तोषजनक प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११४.९५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १ करोड ९० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ७० लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा पनि ३९.३६ प्रतिशतले बढेर १० करोड ९८ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ७ करोड ८८ लाख ५१ हजार रूपैयाँ मात्र रहेको थियो ।

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनूपात ९पिई रेसियो० ११.३२ गुणा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया