मञ्जुश्री फाइनान्सको नाफा ११३.६९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडको खुद नाफामा बृद्धि भएको छ । फाइनान्सले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । 

 विवरण अनुसार फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ५६ करोड ५१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११३.६९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा ३०६.४७ प्रतिशतले बढेर ४८ करोड ५६ लाख २७ हजार रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्ष ११ करोड ९४ लाख ७५ हजार रुपैयाँमा सिमित थियो ।  

चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले २८ करोड ११ लाख ०७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २८.६१ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ३९ करोड ३७ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म फाइनान्सको सञ्चालन नाफा ११३.६९ प्रतिशतले बढेर ८० करोड ९३ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको सञ्चालन नाफा ३७ करोड ८७ लाख ७६ हजार रूपैयाँ रहेको थियो ।

समिक्षा अवधिसम्ममा फाइनान्सको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १८ पैसाबाट बढेर ५८ रुपैयाँ ८५ पैसा पुगेको छ । फाइनान्सको पीई रेसियो २१.७५ गुणा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया