कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा प्रदान गर्ने

५ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता सम्पन्न भएको छ । 

यो सँगै अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । यससँगै बैंकमा सर्वसाधारणले हितग्राही खाता ९डिम्याट० खोल्न सक्नेछन् । 

पुतलीसडक स्थित सिडिएससीको कार्यालयमा एक कार्यक्रमकाबीच सिडिएससीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चाय तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 
 

५ बर्ष अगाडि

प्रतिक्रिया