१ अर्ब २६ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

५ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले १ अर्ब २६ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

बैंकको कर्मचारी सुरक्षण कोषरउपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरिएको छ ।

बैंकले एक सूचना जारी गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश आह्वान गरेकोे छ । बैंकले २०७८ भदौ १ गतेदेखि २०७९ भदौ १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो ।

केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीलाई ६ करोड ३० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १८ करोड ९० लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ८० लाख रुपैयाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको छ ।

बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई साउन २६ गते ५ बजेभित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया