सिभिल लघुवित्तको नयाँ शाखा सञ्चालनमा

५ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप एउटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

संस्थाले काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिकाको शेषमतीमा उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया