समृद्धि फाइनान्स कप्रद शेयर बाँडफाँट, बाँडफाँटमा नपरेको रकम आजबाट आवेदकको बैंक खातामा पठाइने

५ बर्ष अगाडि

काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । लिलामी प्रकृयाबाट बिक्री गरेको उक्त शेयर बाँडफाँट गरेको हो । 

कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामीमा बिक्री गरेको थियो । कम्पनीले यस अघि असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा बिक्री गरेको हो । 

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा १०२ देखि १०५.०५ सम्म लगानी गर्ने २० जना आवेदकहरुलाई माग बमोजिम नै र १०१ का दरले बोलकबोल गर्ने ११ जना आवेदकहरुलाई समानुपातिक रुपमा आंशिक बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । 

उक्त बाँडफाँटमा नपरेको रकम आइतवारदेखि सम्बन्धीत आवेदकको बैंक खातामै रकमान्तर गरिने समेत कम्पनीले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया