काठमाडौं, साउन ३१ गते २७ औँ वार्षिक साधारण सभा आह्वान गरेको यूनायटेड इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।
इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि साउन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
जस अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन सक्नेछन् ।
सभा बिहान ११ः०० बजे अनलाइन (भर्चुअल) माध्यमबाट हुनेछ। कम्पनीले शेयरधनीलाई लाभांश बिना नै साधारण सभा बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने छ । यस्तै, सभाले आर्थिक वर्ष २०७७/०७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया