आजबाट बिक्रीमा आयो मञ्जुश्री फाइनान्सको संस्थापक समूहको सेयर, न्यूनतम मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं - मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले आजबाट संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । 

कम्पनीले संस्थापक समूहको १२ हजार ५ सय ८७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । लगानीकर्ताले आजबाट भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिसेयर ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया