काठमाडौं - सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्डले असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार फण्डले ३३ करोड ८५ लाख ५५ हजार नाफा आर्जन गरेको छ । जेठ महीनाको तुलनामा भने नाफामा कमी आएको छ । जेठ महीनामा कोषले ३४ करोड २५ लाख ३० हजार नाफा गरेको थियो । असार महीनामा कोषको आम्दानी कम र खर्च बढी भएकाले नाफा घटेको हो ।
जेठ मसान्तसम्म ३५ करोड ३८ लाख २२ हजार आम्दानी गरेको कोषले असार महीनामा ३५ करोड २० लाख ६६ हजार आम्दानी गरेको हो । त्यस्तै जेठ महीनासम्ममा १ करोड १२ लाख ९२ हजार खर्च गरेको कोषले असार महीनासम्म १ करोड ३५ लाख ११ हजार खर्च गरको छ ।
सात वर्षे अवधिको यस फण्डले ५ करोड ६० लाख इकाई विक्री गरेको थियो । असार मसान्तसम्म प्रतिइकाई खुद सम्पत्ति मूल्य १६.१८ रहेको छ । जेठ महीनासम्म यो मूल्य १६.२६ रहेको थियो ।
प्रतिक्रिया