नबिल बैंकले बिक्रिमा ल्याएको ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो, कहिले सम्म ?

५ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । 

साउन १० गतेदेखि निष्काशन तथा बिक्री खुला भएको उक्त ऋणपत्रमा आवेदन दिने म्याद साउन २४ गतेसम्म लम्बिएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । 

उक्त मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको छ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

उक्त सो ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनुपर्ने व्यवस्था थियो । तर, उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेका कारण निष्काशन अवधि साउन २४ गतेसम्म लम्बिएको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया