काठमाडौं- एनएमबि ५० को असार मसान्तमा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । यसअवधिमा न्याभ ४७ पैसाले घटेर १८ रुपैयाँ ९६ पैसामा सीमित भएको छ । जेठ महिनामा यसको न्याभ १९ रुपैयाँ ४३ पैसा थियो ।
सूचीकृत कम्पनीको सेयरमा लगानी १३ करोड ६१ लाख ३२ हजार रुपैयाँले घटेर १ अर्ब ५३ करोड ११ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । जेठ महिनामा यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ६६ करोड ७३ लाख १ हजार रुपैयाँ लगानी गरेको थियो ।
असार मसान्तसम्म आइपुग्दा फन्डको बैंक मौज्दात भने बढेको छ । बैंक मौज्दात भने ८ करोड १४ लाख १० हजार रुपैयाँले बढेर ४३ करोड ४८ लाख २२ हजार रुपैयाँ पुगेको छ । जेठ महिनामा यसको बैंक मौज्दात ३५ करोड ३४ लाख ११ हजार रुपैयाँ थियो ।
यसअवधिमा फन्डले ४७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
प्रतिक्रिया