काठमाडौं,मन्दाकिनी हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा साउन २७ गते बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौंमा अपरान्ह्र ४ बजेबाट हुने भएको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट हुनेछ। कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीले शेयर खरीदको लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारण समक्ष दरखास्त आव्हान गर्ने, शेयर निष्कासन तथा प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमकारी निकायबाट कुनै सुझाव वा निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।
प्रतिक्रिया