नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा

५ बर्ष अगाडि

काठमाडौं - नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको १४ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीले धितोपत्र दोस्रो बजारमा साउन ५ गते सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिदिएको हो । शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि उक्त बोनस कारोबार गर्न सक्नेछन् । 

कम्पनीले गत असार २१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया