प्रभु क्यापिटलको नयाँ  ‘समर डिम्याट स्किम’ सार्वजनिक, १ वर्षका लागि ‘फ्रि’ डिम्याट खाता र मेरो सेयर !

५ बर्ष अगाडि

काठमाडौं - प्रभु क्यापिटल लिमिटेडले नयाँ डिम्याट योजना सार्वजनिक गरेको छ । क्यापिटलले डिम्याट सेवा अन्तरगत  ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको हो । 

यस योजना अन्तर्गत ग्राहकले १ वर्षका लागि ‘फ्रि’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् । यो योजना ३२ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । 

साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्ने साथै खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो सेयर निःशुल्क प्राप्त हुने क्यापिटलले जनाएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया