राष्ट्रिय सहकारी बैंकले चौथो त्रैमासमा कति कमायो ?

५ बर्ष अगाडि

काठमाडौं– राष्ट्रिय सहकारी बैङ्कले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमाससम्ममा अधिकतम १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष २०७६÷७७ मा कुल ६८ करोड २८ लाख ८१ हजार मात्र कमाएको बैङ्कले गत वर्ष अधिकतम ४७.४१ प्रतिशतले बढी नाफा कमाएको हो ।

बैङ्कका अनुसार गत आ।व को असार मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधारले यस्तो नाफा बढाउन बैङ्क सफल भएको हो । अघिल्लो आ।व को असार मसान्तमा १ अर्ब १० करोड ७९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैङ्कले गत आ।व को सोही अवधिमा १ अर्ब ७४ करोड १८ लाख ३० हजार रुपैयाँ पुगेको जनाएको छ । 

यस्तै सञ्चालन मुनाफा पनि ४४ करोड ६६ लाख ३४ हजार रुपैयाँबाट बढेर ६६ करोड ५० लाख ६३ हजार रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । यद्यपि, सो अवधिमा बैङ्कको नाफामा उल्लेख्य वृद्धि देखिए पनि खराब कर्जाको दर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकतम ९८।५७ प्रतिशतले बढेर १।३९ प्रतिशत पुगेको बैङ्कले जनाएको छ । अघिल्लो आ।व को असार मसान्तमा बैङ्कको यस्तो खराब कर्जाको दर ०।७० प्रतिशत मात्र रहेको थियो । 

हाल बैङ्कको गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ८७ करोड ३२ लाख ७१ हजार रुपैयाँ सेयर पुँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड ३ लाख २६ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आ।व को असार मसान्तसम्म १४ अर्ब ८६ करोड १ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको बैङ्कले गत आ।व।को सोही अवधिसम्म आइपुग्दा १९ अर्ब ७६ करोड १ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया