आरबीबी म्युचुअल फन्ड–१ को इकाई बाँडफाँट

५ बर्ष अगाडि

काठमाडौं - असार २३ देखि २७ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरेको आरबीबी म्युचुअल फन्ड–१ को इकाई बाँडफाँट भएको छ ।

कोष व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले बिहीबार इकाई बाँडफाँट गरेको हो । माग भन्दा बढी आवेदन परेपछि योजनाको आकारमा २५ प्रतिशत थप गरिएको आरबीबी मर्चेन्ट बैंकिङले जानकारी गराएको छ । 

यससँगै आरबीबी म्युचुअल फन्ड–१ को आकार १ अर्ब २५ करोड रुपैयाँ अर्थात १२ करोड ५० लाख इकाई पुगेको छ । इकाई बाँडफाँट सम्बन्धी विवरण सीडीएस एन्ड क्लियरिङ र आरबीबी मर्चेन्ट बैंकिङको वेबसाइटबाट हेर्न सकिनेछ । 

आरबीबी म्युचुअल फन्डको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया