बैंकिङ प्रणाली सुरक्षित छन् ः राष्ट्र बैंक

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपालको बैंकिङ प्रणाली सुरक्षित रहेको बताएको छ । भन्दै आत्तिहाल्न नपर्ने जनाएको छ । बुधबार साँझ नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी पछि राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित रहेको बताएको हो। बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण म्यासेजहरु आएको हो ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले बैंकिङ खबरसँग कुरा गर्दै नेपालको बैंकिङ प्रणाली सुरक्षित रहेको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। उनले भन्नुभयो, ‘१५ वटा बैंकहरुको बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएका आएको हो । हाम्रा बैंकहरुको सिस्टम ठिक छ ।’

प्रणाली ह्याक गर्ने धम्की आएपछी बैंकहरुले प्रणाली परीक्षण गरिसकेका छन् । बिहीबार बिहान पनि केन्द्रीय बैंकलगायत बैंक तथा वित्तीय संस्थाहरुको समेत प्रणाली चेक गरिरहेको छ ।

ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख छ । इमेलमा ’अफलाइन र अनलाइन’ दुबै तरिकाबाट पैसा चोरी गरिने उल्लेख छ । इमेलमा २४ घण्टाको समय दिइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया