ग्लोबल आईएमई क्यापिटल शनिबार पनि खुल्ने

५ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आईएमई क्यापिटलले आगामी शनिबार कार्यालय खुल्ला राख्ने भएको छ । क्यापिटलले हकप्रद तथा शेयर भर्नेहरुलाई लक्षित गर्दै कार्यालय खुल्ला राख्ने भएको हो ।

एचआईडिसिएलको हकप्रद र मध्य भोटेकोशीको आयोजना प्रभावितको शेयर आवेदन लिनका लागि साउन ९ गते शनिवार नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको क्यापिटलको मुख्य कार्यालय बिहान १०ः०० बजेदेखि दिउंसो ३ः०० बजेसम्म खुल्ला राख्ने क्यापिटलले जानकारी दिएको छ । 

उल्लेखित कम्पनीको शेयर आवेदनका अलावा अन्य सेवा पनि उपलब्ध गराउने क्याटिलले जनाएको छ । हितग्राही खाता खोल्ने, नविकरण गर्ने तथा हितग्राही खातासँग सम्वन्धित विवरणहरु अद्यावधिक गर्नुको साथै मेरो शेयर सग सम्बन्धित सम्पूर्ण सेवाहरु उक्त दिन पनि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया