राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्दै, साउन ११ गतेभित्र,गोप्य शिलबन्दी प्रस्ताव कहिलेसम्म ?

५ बर्ष अगाडि

काठमाडौं, राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

संस्थानले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।

संस्थानले लगानी गर्नको लागि साउन ७ गतेदेखि साउन ११ गतेभित्र संस्थानको प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा प्राप्त हुने गरी गोप्य शिलबन्दी प्रस्ताव बुझाउन वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले हालै प्रकाशित वित्तीय विवरण संलग्न राखी त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने कम्पनीले जनाएको छ 

५ बर्ष अगाडि

प्रतिक्रिया