काठमाडौं - आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूवाट कूल १ खर्व २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूबाट कूल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कूल जम्मा १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमाशुल्क संकलन भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७६र७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा तर्फको कूल बीमा शुल्कमा २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फको कूल बीमाशुल्कमा १५.३५ प्रतिशतले वृद्धि भएको हो ।
त्यसैगरि, गत आर्थिक वर्षमा जीवन बीमा तर्फ १५ हजार ९६४ वटा बीमालेखको जम्मा २ अर्व २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको बीमा समितिले जनाएको छ ।
यसैगरि, गत आर्थिक वर्षमा जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ बटा बीमालेखहरू व्यतित सरेण्डर भएका छन् ।
प्रतिक्रिया