एन आई सी एशिया बैंकको Online Account Opening Challenge प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा खाता खोल्ने एक ग्राहकले आईफोन–१२ जितेकी छिन् । प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समय अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोलेकी सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जितेकी हुन् ।गत जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा १५८ जना सहभागी रहेका थिए ।
सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाईन खाताको स्टेप १ देखि Submitted सम्मको प्रकृया देखिने गरी Screenshot शेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीहरूलाई Tag गरी उक्त Screenshot पोष्ट गर्ने, उक्त Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त एष्ललभम पोष्टलाई लाइक गरेपश्चात् यस प्रतियोगितामा सहभागी भएका थिए ।
यस्तै प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्ने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जितेका छन् । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज काकी रहेका छन् । साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका छन् ।
बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढि महानुभावहरूले खाता खोलेकोमा १५८ जना मात्रै यस प्रतियोगितामा सहभागी जनाएका थिए । जसमा विजेता बनेका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्ड देखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर खाता खोलेका । यस प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकता सहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । डिजिटल फष्ट बैंक बन्ने दीर्घकालीन लक्ष्य लिएको यस बैंकले आम जनमानसलाई डिजिटल बैंकिङ्गतर्फ डो¥याउनका निमित्त यस किसिमको प्रबद्र्धनात्मक प्रतियोगिता गरेको थियो । यस प्रतियोगितामा भएको उत्साहजनक सहभागीताबाट आम जनमानसमा यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया सहज र सरल रहेको स्थापित भएको छ भने ग्राहकहरूलाई खाता खोल्न कै लागि शाखा कार्यालयसम्म धाउनुपर्ने अवस्थाबाट समेत छुटकारा मिलेको छ । साथै, २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन गरेको YouTuber लक्षित ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ बारे 'Video Challenge' को नतिजा बैंकले निकट भविष्यमा सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया