काठमाडौं-आर्थिक वर्ष ०७७/०७८ को ११ महिनामा सवा ४ अर्ब भन्दा बढी अमेरिकी डलर बिक्री भएको छ । सो अवधीसम्म बैकहरु रु ४ अर्ब १६ करोड बराबरको अमेरिकी डलर बिक्री गरेको छ । गत वर्षको सोही अवधीसम्म बैंकहरुले रु ३अर्ब ४८ करोड बराबरको अमेरिकी डलर बिक्री गरेका थिए । यस वर्षको सोही अवधीसम्म सो रकम रु. ६८ करोडले बढी हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार, आव ०७७/०७८ को पहिलो महिनामा बैंकहरु रु. ३२ करोड बराबरको अमेरिकी डलर बिक्री गरेका छन् ।
यस्तै, आव ०७७र०७८ भदौमा बैकहरुले रु. २२ करोड, असोजमा रु.३० करोड, कात्तिकमा रु.३८ करोड र मंसिरमा रु.४० करोड बराबरको अमेरिकी डलर बिक्री भएको छ ।
यसैगरी, पुस महिनामा रु.४२ करोड,माघमा रु. ३६ करोड, फागुनमा रु. ४४ करोड,चैतमा रु. ६० करोड, वैशाखमा रु. ५० करोड र जेठ मसान्त सम्म रु.२२ करोड अमेरिकी डलर बिक्री भएको छ ।
प्रतिक्रिया