गुराँस लाइफको नयाँ बोनस दर सार्वजनिक, अधिकतम कति रुपैंयासम्म पाउने ?

५ बर्ष अगाडि

काठमाडौं, गुराँस लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमालेख र बालबालिकाको सवाधिक बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ४२ रुपैयाँ देखि ७७ रुपैयाँसम्म पाउनेछन् ।

कम्पनीको सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार बीमितले प्रति हजार ५१ रुपैयाँदेखि ८१ रुपैयाँसम्म सावधिक बीमालेख अन्र्तगत बीमितले बीमा अवधिअनुसार ४१ रुपैयाँदेखि ५१ रुपैयाँ र गुराँस सुरक्षित भविष्य जीवन बीमालेखमा बीमा अवधि अनुसार बीमितले प्रतिहजार २३ रुपैयाँदेखि ४० रुपैयाँसम्म पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया