सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँट

५ बर्ष अगाडि

काठमाडौं, सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । 

बैंकले असार ६ गतेदेखि २० गतेसम्म विक्री गरेको ऋणपत्र साउन १ गते बाँडफाँट गरेको हो । 

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरको रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानीकोषमा १५ हजार कित्ता सहित सर्वसाधारणका लागि ३ लाख कित्ता बाँडफाँट गरेको हो । बाँकी ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।  

१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया