सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक तर्फको शेयर बिक्रीमा

५ बर्ष अगाडि

काठमाडौं–  एन आई सी एशिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक तर्फको शेयर बिक्री हुने भएको छ ।

कम्पनीले प्रति कित्ता रु.१२२१ रुपैयाँ मूल्य तोकी ३ लाख ५० हजार ३६९ कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयर खरिद गर्न चाहाने इच्छुकले आज (साउन २ गते) देखि आगामी साउन १५ गते सम्म आवेदन पेश गर्न सक्ने छन् ।  

आवेदन एन आई सी एशिया क्यापिटल बबरमहल काठमाडौं तथा कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली काठमाडौंका साथै विराटनगर,आदर्शनगर वीरगंज,महेन्द्रपुल पोखरा, श्रवणपथ बुटबल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतमा पनि दिन सकिने  कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया