कसुवा खोला हाइड्रोपावरले  साउन २२ गते डाक्यो साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं, कसुवा खोला हाइड्रोपावर लिमिटेडले साउन २२ गते वार्षिक साधारण सभा डाकेको छ । सभा बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया