काठमाडौं, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी मंगलबारदेखि एकीकृत कारोबार शुरु गरेको छ ।
शालीग्राम लघुवित्तलाई १००ः७५ अनुपात अर्थात शालीग्राम लघुवित्तको १०० कित्ता शेयर बराबर सिवाईसी नेपालको ७५ कित्ता शेयर दिने गरी प्राप्ति गरेको हो ।
सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रबद्र्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्यनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण प्रसाद थापाले संयुक्त रुपमा एकीकृत कारोबारको शुभारम्भ गरेका थिए ।
यसअघि दुबै लघुवित्त कम्पनीको जेठ २४ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले एक आपसमा गाभ्ने।गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैकबाट असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते प्राप्तिका लागि अन्तिम स्वीकृती पाएसँगै मंगलबारदेखि एकीकृत कारोबारको थालनी भएको हो ।
प्रतिक्रिया