एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका ३ कम्पनीको लिलामी सेयरमा आवेदज दिने आज अन्तिम दिन, कुनको कति कित्ता ?

५ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका विभिन्न ३ कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो ।

जसमा आरएमडिसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५६ हजार ८६८ कित्ता र महुली लघुवित्तको ५३ हजार ७० कित्ता रहेको छ । उक्त ३ कम्पनीको ४ लाख ८४ हजार ३ सय ३३ कित्ता लिलामी सेयरमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । 

उक्त सेयर खरीद गर्न इच्छुक आवेदकले आरएमडिसीको न्यूनतम मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ, महुलीको ७५२ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ५३४ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया