काठमाडौं - लक्ष्मी बैंकले माउण्ट रसुवा हाइड्रोपावरमा झण्डै ३ अर्ब कर्जा लगानी गर्ने भएको छ । बुधबार आयोजना र बैंकबीच कर्जा सुविधा सम्झौतामा हस्ताक्षर भएको हो ।
यो सँगै गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३।४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकले २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गर्ने भएको छ ।
बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहनेछ । माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल माघ ७ गते भएको थियो । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल कार्तिक ३ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेकोछ ।
प्रतिक्रिया