धमाधम बिक्री हुँदै लक्ष्मी बैंकको ऋणपत्र, कहिले सम्म दिन सकिन्छ आवेदन ?

५ बर्ष अगाडि

काठमाडौं– लक्ष्मी बैंक लिमिटेडले १० वर्ष अवधि रहेको ऋणपत्र २०८८ को बिक्री खुला गरेको छ ।

गत असार २८ गते देखि नै बिक्री सुरु गरेको कम्पनीको ऋणपत्रमा ढिलोमा साउन ११ गते सम्म आवेदन दिन सकिने छ ।

वार्षिक ८.५ प्रतिश ब्याज रहेको  डिबेन्चरमा न्यनतम २५ कित्ता देखि अधिकतम एक लाख कित्ता सम्म खरिद गर्न सकिने छ । प्रति कित्ता रु.१ हजार मूल्य तोकी रु २ अर्ब मूल्य बराबरको २० लाख कित्ता ऋणपत्र कम्पनीले बिक्री गर्न लागेको हो । जसमध्ये रु.८० करोड मूल्य बराबरको ८ लाख कित्ता सर्वसाधारणको तर्फ बाट र रु.१ अर्ब २० करोड मूल्य बराबरको १२ लाख कित्ता व्यक्तिगत तवर बाट बिक्री गर्न लागेको हो ।

ऋणपत्र सि–आस्बा सेवामा सहभागी बैंकहरू बाट फारम प्राप्त गरि बुझाउन सकिने बैंकले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया