प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन हुने

५ बर्ष अगाडि

काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१स्४९ कायम गर्ने भएको हो । 

हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो । कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गरी ५१:४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो । 

सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कार्यालयमा लिखित जानकारी पठाउन आग्रह गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया