एन आई सी एशियाद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

५ बर्ष अगाडि

एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापतको   बीमा रकम भुक्तानी गरेको छ । झापाको  दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खालेका  दमक–५, झापा निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत १० लाख भुक्तानी गरिएको हो । 

कटुवाललाइ बैंकका प्रदेश १ का डेपुटी पिएइ प्रकाशचन्द्र अधिकारीूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए  । एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा उक्त रकम भुक्तानी गरिएको हो । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको  ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया