काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । असार २७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको १५ औं वार्षिक साधारण सभा साउन २१ गते कम्पनी रजिष्टर्डको कार्यलय पानिपोखरी काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लार्भाश पारित गर्नेछ । कम्पनीको सञ्चालक समितीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२ प्रतिशत नगद लाभांश् (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव परित गर्ने छ ।
त्यस्तै, सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ । कम्पनीको बोनश सेयरपछी पुँजी बृद्धि भई १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने भएकाले चुक्ता पुँजी प्रबन्धपत्र संसोधनको प्रस्ताव पनि पारित हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि साउन १४ गते गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया