आज नेपाल एसबिआई बैंकको २८ औं बार्षिकोत्सव

५ बर्ष अगाडि

काठमाडौं, नेपाल एसबिआई बैंकले ७ जुलाईमा बैंकको २८ औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरन गरेको छ । 

वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार दे द्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमलाई हस्तान्तरण गरे । उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डां आशिष ढुंगाना का साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत श्री मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत श्री यादभेंद्र कांत, सल्लाहकार श्री  राज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया